काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभाको दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घण्टाको समय दिएका हुन् । योसँगै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् ।
संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । जस अनुसार पहिला एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
कांग्रेस र एमालेले दुई तिहाइ बढी सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।
