शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सिमलताल पहिरो

त्रिशुलीमा बेपत्ता बसको पर्दा भेटियो

त्रिशुलीमा बेपत्ता बसको पर्दा भेटियो

प्रहरीका अनुसार हुक लगाएर गोताखोरको टोलीले बस खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर भेटिएको प्रहरीले जनाएको छ । 

बागीपाेस्ट संवाददाता
शुक्रबार, असार २९ २०८१

चितवन । मुग्लिन–नारायणगढ अन्तर्गत चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालमा खसेको पहिरोले बगाउँदा बेपत्ता भएका बस हालसम्म पनि भेटिएका छैनन् । 

बेपत्ता भएका बसको खोजी कार्यका लागि खटिएका गोताखोरको टोलीले नदीबाट बसको पर्दा र बच्चाको कपडा फेला पारेको छ । प्रहरीका अनुसार हुक लगाएर गोताखोरको टोलीले बस खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त पर्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भएको बस मालिकले बताएको छन् । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको बस र काठमाडौंबाट  रौतहटको गौरतर्फ जाँदै गरेको गणपती डिलक्स चितवनको सिमलतालमा आज बिहान पहिरोले बगाएको थियो । 

दुई बसमा कति जना यात्रु थिए भन्ने एकिन हुन सकेको छैन् । बेपत्ता बसको खोजी कार्यको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली त्रिशुली नदीमा खटाइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार