शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पहिरो

पहिरोमा आएको लेदोसहितको ढुङ्गा लागेर चालकको मृत्यु 

पहिरोमा आएको लेदोसहितको ढुङ्गा लागेर चालकको मृत्यु 

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।

शुक्रबार, असार २९ २०८१
शुक्रबार, असार २९ २०८१
  • काठमाडौं । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो । 

    आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका थिए ।  

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार