सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

राजनीति

रास्वपाप्रति विश्वप्रकाशको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

रास्वपाप्रति विश्वप्रकाशको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

ढकालले उक्त प्रतिवेदन पार्टीमा बुझाउनु अगाडी नै केही अंश मिडियामा सार्वजनिक गरेको भन्दै रास्वपाले उनलाई बर्खास्त गरेको थियो । 

बुधबार, असार २७ २०८१
बुधबार, असार २७ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाललाई कारबाही गरेकोप्रति कटाक्ष गरेका छन् । 

    रास्वपाले मंगलबार महामन्त्री ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य समेतबाट बर्खास्त गरेपछि कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा नेपाली कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताएका छन् । 

    उनले लेखेका छन्, “कांग्रेस राम्रोसँग चलेको छैन् । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यदि सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु पर्दैन् ।”  

    ३८ जिल्ला पुगेर पार्टीको जनताको धारणा बुझेर प्रतिवेदन तयार गरेर फर्किएका ढकालले उक्त प्रतिवेदन पार्टीमा बुझाउनु अगाडी नै केही अंश मिडियामा सार्वजनिक गरेको भन्दै रास्वपाले उनलाई बर्खास्त गरेको थियो । 

    प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेर कांग्रेस जीवन्त रहेको महामन्त्री शर्माको भनाई रहेको छ । उनी भन्छन्, “प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो युगसम्म कांग्रेस जीवन्त छ र रहिरहनेछ । रुपान्तरणको सङ्कल्प कार्यान्वयन गर्दै हामी अगाडी बढ्छौँ ।”

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार