शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

शव फेला 

राप्तीमा बेपत्ता दुई जनाको शव फेला 

राप्तीमा बेपत्ता दुई जनाको शव फेला 

उनको शव आज बिहान खोलाको किनारामा फेला परेको इलाका प्रहरी कार्यालय अमिलीयाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।

आइतबार, असार २४ २०८१
आइतबार, असार २४ २०८१
  • दाङ । राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । 

    शनिबार राती आएको बाढीमा परेर लमही नगरपालिका– ७ नयाँ बस्तीका ६२ वर्षीय मणिराम चौधरी र लमही नगरपालिका– ८ बगरापुरबाट बगेर बेपत्ता भएका थिए । उनको शव आज बिहान खोलाको किनारामा फेला परेको इलाका प्रहरी कार्यालय अमिलीयाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै दूध बिक्री गरेर घर फर्किने क्रममा लमही नगरपालिका– ७ हस्नापुर गाउँबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजापुर गाउँपालिका– २ का १७ वर्षीय राजकुमार यादवको पनि खोलाको बगरमा शव फेला परेको प्रहरीले जनाएको छ । 

    हस्नापुर घाटबाट सोही ठाउँका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार