शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

बाढी, पहिरो

आज यी नदीमा छ बाढीको उच्च जोखिम

आज यी नदीमा छ बाढीको उच्च जोखिम

सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार, असार २४ २०८१
आइतबार, असार २४ २०८१
  • काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भैरहेको छ । अभिरल वर्षासँगै बाढी पहिरोका घटना बढीरहेका छन् । 

    बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी  र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ । 

    त्यसैगरी आज आज झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, म्याग्दी, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बाडीको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी  देखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ। 

    badi1_ZuJqsaXi90.webp

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार