काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमलाई बिदाइ गरेको छ ।
श्रीलंकामा हुने एसीसी वुमन्स एसिया कप खेल्न जाने महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरेका हुन् ।
राखेप सदस्य सचिव घिसिङले गत वर्ष पुरुष क्रिकेट टिमले एसिया कप खेलेको र यस वर्ष त्यो निरन्तरता हुँदै महिला टिमले पनि खेल्न लागेको भन्दै शुभकामना दिए । घिसिङले क्रिकेटको घरेलु संरचनालाई अझ राम्रो बनाउँदै लैजानुपर्ने बताए ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली एसिया कप खेल्न आइतबार श्रीलंका जानेछ । महिला एसिया कप १९ जुलाइबाट सुरु हुनेछ ।
नेपालले समूह चरणमा युएई, पाकिस्तान र भारतसँग खेल्नेछ ।
