आइतबार, भदौ १४ गते २०८३    

आइतबार, भदौ १४ गते २०८३    

ओलीको सुरक्षामा खटिएका सशस्त्रका इन्सपेक्टर थापाको निधन 

ओलीको सुरक्षामा खटिएका सशस्त्रका इन्सपेक्टर थापाको निधन 

भक्तपुर गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेको बेलामा ४३ वर्षीय प्रहरी निरीक्षक थापालाई हृदयघात भएको थियो ।

शनिबार, असार २३ २०८१
शनिबार, असार २३ २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक उमेश थापाको निधन भएको छ । 

    भक्तपुर गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेको बेलामा ४३ वर्षीय प्रहरी निरीक्षक थापालाई हृदयघात भएको थियो । हृदयघात भएपछि शनिबार बिहान उनलाई उपचारको लागि भक्तपुरस्थित अस्पताल पु¥याइएको थियो । 

    तर, अस्पताल पु¥याए लगत्तै चिकित्सकले थापालाई मृत घोषणा गरेका थिए । थापाको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार