जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् ।
आज बसेको मधेश प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंहले विश्वासको मत पाएको घोषणा गरे । प्रदेशभा बैठकमा कुल १०१ सांसद उपस्थित थिए । जसमध्ये मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा ६७ मत परहेको हो भने उनको विपक्षमा ३४ मत परेको थियो ।
मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।
गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर केन्द्रमा सत्ता समिकरण फेरिउपछि मुख्यमन्त्री सिंहले विश्वासको मत लिनु परेको थियो । केन्द्रमा समिकरण फेरिए पनि मधेशमा जनमतका सिंह नेतृत्वको सरकार कायम रहने भएको छ ।
