शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

डुबेर मृत्यु 

धनुषामा पोखरीमा डुबेर तीन जना बालबालिकाको मृत्यु 

धनुषामा पोखरीमा डुबेर तीन जना बालबालिकाको मृत्यु 

मृत्यु हुनेमा स्थानीय जीतन खातुन, अजवनी खातुन र मुस्कान खातुन रहेका छन् ।

बिहीबार , असार २१ २०८१
बिहीबार , असार २१ २०८१
  • धनुषा । धनुषामा पोखरीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार धनौजी गाउँपालिका– ३ स्थित बहुअर्वामा घोङ्गघाइर पोखरीमा बिहिवार दिउँसो पौडी खेलिरहेका बेला डुबेर उनीहरुको मृत्यु भएको हो । 

    उनका अनुसार मृत्यु हुनेमा स्थानीय जीतन खातुन, अजवनी खातुन र मुस्कान खातुन रहेका छन् । उनीहरुमध्ये २ जनाको उपचारको क्रममा अस्पतालमा र एक जनाको उपचार अघि नै मृत्यु भएको हो । उनीहरुको उम्मेर १०–१२ वर्षको रहेको छ । 

    पोखरीमा अन्य बालबालिकाहरु पनि नुहाइ रहेका थिए । उनीहरु डुबेपछि बालबालिकाले स्थानीयलाई बोलाएका थिए । स्थानीय तीनै जनाको उद्धार गरी अस्पताल पठाएका थिए । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार