शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

सांसद खतिवडाको प्रश्न : पार्टीको सदस्यता नविकरण गरेको भए पूर्वराष्ट्रपतिको रुपमा सुविधा लिन मिल्छ ? 

सांसद खतिवडाको प्रश्न : पार्टीको सदस्यता नविकरण गरेको भए पूर्वराष्ट्रपतिको रुपमा सुविधा लिन मिल्छ ? 

बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बौल्दै सांसद खतिवडाले यस्तो प्रश्न गरेका हुन् । उनले पूर्वराष्ट्रपति भनेर नाम त लिएनन् ।

बुधबार, असार ६ २०८१
बुधबार, असार ६ २०८१
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पार्टीको सदस्यता नविकरण गरेको भए पूर्वराष्ट्रपतिको रुपमा सुविधा लिन मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरेका छन् । 

    बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बौल्दै सांसद खतिवडाले यस्तो प्रश्न गरेका हुन् । उनले पूर्वराष्ट्रपति भनेर नाम त लिएनन् । तर, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीतर्फ लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएको बुझिएको छ । 

    उनले भने, “पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नविकरण गरेको भन्ने कुरा आयो । सदस्यता नविकरण गरिएको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ  मिल्दैन ? राज्यले पूर्व राष्ट्रपतिले पार्टीको सदस्यता लिएको बारेमा के सोचेको छ ? संविधानमा के लेखिएको छ । सरकारले जवाफ देओस ।”

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार