शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सहकारी छानबीन समिति

सहकारी छानबीन समितिको बैठक जारी 

सहकारी छानबीन समितिको बैठक जारी 

सहकारीको रकम अपचलन सम्बन्धमा गठित छानबीन समितिको बैठक नयाँ बानेश्वरमा बसिरहेको हो ।

मंगलबार, असार ५ २०८१
मंगलबार, असार ५ २०८१
  • काठमाडौं । सहकारी छानबीन समितिको बैठक नयाँ बानेश्वरमा जारी रहेको छ । 

    सहकारीको रकम अपचलन सम्बन्धमा गठित छानबीन समितिको बैठक नयाँ बानेश्वरमा बसिरहेको हो । बैठक नयाँ बानेश्वरस्थित संसद बैठकमा जारी रहेको समितिका एक सदस्यले जानकारी दिए । 

    सहकारीको रकम अपचलन सम्बन्धमा छानबीन गर्न एमाले नेता सूर्य थापाको नेतृत्वमा छानबीन समिति गठन गरिएको थियो । उक्त समितिले आजबाट काम सुरु गर्ने जनाइएको छ । 

    बचतकर्ताको रकम अपचलन गरेको सम्बन्धमा छानबीन गर्न गठित समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन समय दिइएको छ । उक्त समितिले आजबाट काम सुरु गर्ने जनाइएको छ । 

    देशका विभिन्न स्थानमा रहेका सहकारीका बचतकर्ताहरुले सहकारीका सञ्चालकबाट आफूहरु ठगिएको भन्दै उजुरी दिएपछि अनुसन्धानको लागि सरकारले समिति गठन गरेको हो । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार