काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देनले संसदको रोष्ट्रममै बजेट पुस्तीका च्यातेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै अध्यक्ष लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका रोष्ट्रममै च्यातेका हुन् ।
उनले भने, “म आफैंलाई हेर्दा कम रिसाउने र कम आक्रोश पोख्ने मान्छे हुँ, रिस पनि उठ्छ कहिँले काही रिस पनि पोखिन्छ । तर, जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तीका हातमा प¥यो त्यो दिन देखि म तातिएको छुँ । च्यातेर हु¥याउने मन छ ।”
सामान्य लाज, घिन पनि नमानेर राज्यका स्रोतमाथि मनपरी गरेको भन्दै लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा आक्रोश आफूमा मात्रै नरहेको बताए ।
मन्त्रीको गोजीबाट निस्कने चिर्कटोबाट योजना पर्ने प्रविधिले व्यवस्थामाथि नै संकट पैदा गर्दै लगेको उनको भनाई रहेको छ ।
