काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मन समकक्षी फ्र्यांकन वाल्टर स्टायनमाइरनबीच भेटवार्ता भएको छ ।
स्विट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मलेनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायको लागि विश्वव्यापी संगठनको उद्घाटन सत्रमा सहभागी भएर जर्मन भ्रमणमा जर्मन पुगेका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टायनमाइरबीच बर्लिनमा आज भेटवार्ता भएको हो ।
भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सधै उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायीत्व दिन आर्थिक विकास गर्नू जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समूदाय र जर्मनी लगायत मित्र राष्ट्रहरुले नेपाललाई प्रदान गरेको सहायतालाई निरन्तरता दिई नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरेका जनाइएको छ ।
दुई पक्षीय भेटवार्ता अघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
