काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रको भारत भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने लगायतका माग राख्नुको साथै सांसदहरुले विभिन्न विषयमा जानकारी माग गरेका थिए ।
सभामुख घिमिरेले बैठकमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।
