शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सामाजिक सञ्जाल नियमन निकाय

कानुन अनुसार दर्ता भएर सञ्चालनमा आए टिकटकमाथिको प्रतिबन्ध हट्छ : मन्त्री शर्मा

कानुन अनुसार दर्ता भएर सञ्चालनमा आए टिकटकमाथिको प्रतिबन्ध हट्छ : मन्त्री शर्मा

नेपालको सार्वजनिक व्यवस्थामा शासकीय सुधार तथा सुशासन प्रवर्धन गराउन सूचनाको हक कार्यान्वयनमा सरकारले जोड दिएको मन्त्री शर्माको भनाई रहेको छ । 

बिहीबार , जेठ ३१ २०८१
बिहीबार , जेठ ३१ २०८१
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कानुन अनुसार दर्ता भएर सञ्चालनमा आएमा सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हट्ने बताएकी छन् । 

    बिहिवार संसदमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैकमा सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सामाजिक सञ्जाल टिकटकमा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयास भैरहेको जानकारी दिइन् । 

    कानुनी व्यवस्था अनुरुप दर्ता भई सञ्चालनमा आएमा टिकटक माथिको प्रतिबन्ध हट्ने मन्त्री शर्माले बताइन् । केही दिन अघि मात्रै फेसबुकका प्रतिनिधिहरुसँग छलफल भएको र नेपालको नियम कानुन अनुसार चल्नुपर्नेमा जोड दिएको मन्त्री शर्माले बताइन् । 

    उनले आगामी मन्त्रीपरिषद्को बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसदमा पठाउने तयारी गरेको र त्यसपछि बृहत मात्रामा छलफल भई पारित हुने जानकारी दिइन् । नेपालको सार्वजनिक व्यवस्थामा शासकीय सुधार तथा सुशासन प्रवर्धन गराउन सूचनाको हक कार्यान्वयनमा सरकारले जोड दिएको मन्त्री शर्माको भनाई रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार