आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

केन्द्रमा मन्त्रीमण्डल हेरफेरबारे मलाई जानकारी छैन : माधव नेपाल 

केन्द्रमा मन्त्रीमण्डल हेरफेरबारे मलाई जानकारी छैन : माधव नेपाल 

अध्यक्ष नेपालले अब प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा पनि छलफल हुने बताए ।

बिहीबार , जेठ ३१ २०८१
बिहीबार , जेठ ३१ २०८१
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले केन्द्रमा मन्त्रीमण्डल हेरफेरका विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । 

    आज नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भने, “केन्द्रमा मन्त्रीमण्डल हेरफेरको विषयमा मलाई कुनै जानकारी छैन् ।”

    अध्यक्ष नेपालले अब प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा पनि छलफल हुने बताए । उनले संसदमा सांसदहरुको अभिरुचीका विषयमा आ–आफ्नो सोचाई भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाहल प्रचण्डले भने मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरिस्एको बुझिएको छ । 

    प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । योसँगै मन्त्रीमण्डल पनि हेरफेर हुन सक्ने सम्भावना रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार