शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

शपथ 

गण्डकीमा देवकोटा र मनाङेले लिए शपथ 

गण्डकीमा देवकोटा र मनाङेले लिए शपथ 

जता बहुमत पुग्छ उतै बहुमत पु¥याउने भन्दै आएका स्वतन्त्र सांसद मनाङले पनि पाण्डेलाई विश्वासको मत दिए । यो सँगै मनाङ गण्डकीमा छैटौं पटक मन्त्री भएका छन् । 

मंगलबार, जेठ २९ २०८१
मंगलबार, जेठ २९ २०८१
  • पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ (दिपक मनाङे) ले शपथ लिएका छन् । 

    उर्जा जलस्रोत तथा खानेपानी मन्त्री देवकोटा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापनमन्त्री मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आज पद तथा गोपनिताको शपथ गराएका हुन् । 

    बाबुराम भट्टराई नेतृत्वको नेसपाका गोरखाका देवकोटाले निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेश सांसदमा विजयी भएका थिए । गण्डकीमा माओवादीले सांसदहरुलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिन ह्रीप जारी गरेको थियो । 

    माओवादीले ह्रीप जारी गरेपनि देवकोटाले भने मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका दिए । उनले आफूले माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेर आए पनि आफू अलग्गै पार्टीको सांसद भएको बताएका छन् । 

    जता बहुमत पुग्छ उतै बहुमत पु¥याउने भन्दै आएका स्वतन्त्र सांसद मनाङले पनि पाण्डेलाई विश्वासको मत दिए । यो सँगै मनाङ गण्डकीमा छैटौं पटक मन्त्री भएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार