काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत राम प्रसाद सुवेदीलाई सान मारिनोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि स्थायी प्रतिनिधि लोक बहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुवेदी र थापालाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
