काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका नवनियुक्त मन्त्री एस जयसङ्करबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा आज भएको भेटमा उनीहरुबीच द्धिपक्षीय सम्बन्ध आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ ।
उक्त अवसमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा एस जयसङ्करलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबीच रही आएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढी हुने विश्वास व्यक्त गरे ।
त्यस्तै मन्त्री जयसङ्करले प्रधानमन्त्री मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । उनले दुई देशबीच भएका सम्झौता एवम् सझदारीको कार्यान्वयनमा भारत सरकार गम्भिरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भैरहेको जानकारी गराएका थिए ।
