काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय राष्ट्रपति द्रोपती मुर्मूसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा मुर्मूसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्डबीच सदियौदेखि रही आएको आपसी सम्बन्ध र द्धिपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा दुई देशका जनताबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो । आइतबार अपरान्ह्र भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आइतबार साँँझ भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।
शपथ ग्रहण समारोहपछि भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो । त्यसपछि आइतबार साँझ प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्री भोजमा सहभागी भएका थिए ।
प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
