शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

समाचार

विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र प्रहरी जवानको मृत्यु 

विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र प्रहरी जवानको मृत्यु 

मृत्यु हुनेमा केदारस्युँ गाउँपलिका– ७ घर भएका जवान नरेन्द्रसिंह धामी रहेका

सोमबार, जेठ २८ २०८१
सोमबार, जेठ २८ २०८१
  • धनगढी । प्राकृतिक विपद्को क्रममा हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बझाङमा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा केदारस्युँ गाउँपलिका– ७ घर भएका जवान नरेन्द्रसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए । सोमबार बिहान सेती नदिमा जिल्ला स्थित सुरक्षा बलको प्राकृतिक विपद् उद्धारको नमुना अभ्यासको क्रममा धामी बेहोस भएका थिए । 

    बेहोस भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । धामी सशस्त्र प्रहरीको अनआश्रीत गुल्म बझाङमा कार्यरत थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार