मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता 

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता 

भेटवार्तामा उनीहरुबीच विगतमा भएका समझदारी एवं सम्झौताहरुको विषयमा विचारविमर्श भएको

सोमबार, जेठ २८ २०८१
सोमबार, जेठ २८ २०८१
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीबीच भेटवार्ता भएको छ । 

    आइतबार साँझ भएको भेटमा उनीहरुबीच नेपाल–भारतबीच रही आएको आपसी सम्बन्ध र द्धिपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । भेटवार्तामा उनीहरुबीच विगतमा भएका समझदारी एवं सम्झौताहरुको विषयमा विचारविमर्श भएको जनाइएको छ । 

    भारतीय समकक्षी मोदीको शपथग्रहणमा सहभागी हुन आइतबार नयाँ दिल्ली गएका थिए । आइतबार साँझ भएको शपथग्रहण समारोहमा उनी भएका थिए । 

    प्रधानमन्त्री प्रचण्डको साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्त सरकारी अधिकारीहरु भारत प्रस्थान गरेका थिए । 

    प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार