शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई 

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई 

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ

आइतबार, जेठ २७ २०८१
आइतबार, जेठ २७ २०८१
  • काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन् भारत प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । 

    प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार