काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली भारत प्रस्थान गरेको छ ।
भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन् ५ सदस्यीय नेपाली टोलीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको साथमा स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्त सरकारी अधिकारीहरु रहेका छन् । प्रधानमन्त्री प्रचण्डको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्धय नारायणकाजी श्रेष्ठ, रघुविर महासेठ लगायत मन्त्री र कर्मचारी पुगेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले आज साँझ तेस्रो कार्यकालको लागि शपथ लिने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री प्रचण्डबीच आज साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डसहितको टोली भोली स्वदेश फर्किनेछ ।
