काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।
कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको अपहरणपछि हत्या आरोपमा समेत उनी मुछिएका छन् । १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका उनलाई आज ठमेलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
पूर्वमाओवादी लडाकुका डिभिजन कमाण्डर समेत रहेका खाम हाल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सुरक्षा विभागका सदस्य छन् ।
