आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

मधेशको मुख्यमन्त्री लिन प्रस्ताव आएको थियो, हामीले स्वीकारेनौं : माधव नेपाल 

मधेशको मुख्यमन्त्री लिन प्रस्ताव आएको थियो, हामीले स्वीकारेनौं : माधव नेपाल 

एकीकृत समाजवादी संघमा बनेको गठबन्धनमै बस्नुपर्ने अवस्था रहेको र हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिका पनि सकारात्म रहेको अध्यक्ष नेपालको भनाई

शनिबार, जेठ २६ २०८१
शनिबार, जेठ २६ २०८१
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले मधेश प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री पद लिनको लागि पटक–पटक फोन गरेर प्रस्ताव गरिएको बताएका छन् । 

    शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेस, जसपा लगायतका दलले मुख्यमन्त्री दिन्छौं पुरानै गठबन्धनमा आउनुप¥यो भनेर पटक–पटक प्रस्ताव आए पनि आफूले त्यसलाई इन्कार गरेको बताए । 

    उनले भने, “मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस भनियो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । केन्द्रमा एउटा र प्रदेशमा अर्काे सरकारमा बस्न उपयुक्त हुँदैन् भनेर हामीले सोच्यौं । परिस्थिति अनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ ।”

    एकीकृत समाजवादी संघमा बनेको गठबन्धनमै बस्नुपर्ने अवस्था रहेको र हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिका पनि सकारात्म रहेको अध्यक्ष नेपालको भनाई रहेको छ । 

    “कमरेड प्रचण्डको भूमिका सकारात्मक रुपमा लिएका छौं । उहाँले मधेश प्रदेशमा एक जना मन्त्री थप्ने कुरामा, बागमती प्रदेशमा मन्त्रीलाई पोर्टफोलियो दिने कुरामा, सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिन उहाँले नै भन्नु भएको हो । उहाँको भूमिका पोजेटिभ रहेको छ,” अध्यक्ष नेपालले भने । 

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आफूले सकारात्मक हुन आग्रह गरेको बताए । एमालेसँग तत्काल एकताको सम्भावना नरहेको भन्दै अध्यक्ष नेपालले विभिन्न दलहरुलाई समेटेर मोर्चा भने बनाउन सकिने बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार