शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सहकारी प्रकरण

म पनि सहकारी पीडित हुँ : प्रधानमन्त्री प्रचण्ड

म पनि सहकारी पीडित हुँ : प्रधानमन्त्री प्रचण्ड

सहकारीलाई त्यसको मुलभूत सिद्धान्त, मूल्य मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाइसकेपछि विकृति देखिएको प्रधानमन्त्री प्रचण्डको भनाई

शुक्रबार, जेठ २५ २०८१
शुक्रबार, जेठ २५ २०८१
  • काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूपनि सहकारी पीडित हुँ भन्ने लागेको बताएका छन् । 

    शुक्रबार कोटेश्वरमा भएको सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सहकारी खोलेका पार्टीकै मानिसहरुले सबैभन्दा बढी नेतृत्वलाई सताउने गरेको बताए । 

    उनले भने, “हाम्रै पार्टीसँग सम्बन्धीत साथिहरु पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरु गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ । किन भने सहकारी खोल्ने साथिहरु जति मलाई अरुले सताएका छैनन् ।”

    विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने भन्दै प्रधानमन्त्री प्रचण्डले सहकारीको विषयलाई प्राधिकरण बनाएर सशक्त रुपले अगाडी बढ्नुपर्ने बताए । प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरु हुने उनको भनाई रहेको छ । 

    “सहकारी बोर्ड र विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई सुधार गर्न सकिन्छ । प्राधिकरणबाट बाहिर गएर अहिलेको विद्यमान संरचनाबाट सम्भव छैन्,” उनले भने । 

    सहकारीलाई त्यसको मुलभूत सिद्धान्त, मूल्य मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाइसकेपछि विकृति देखिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार