मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

शपथ 

मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ 

मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार मध्यान्ह्र मुख्यमन्त्री सिंहलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

शुक्रबार, जेठ २५ २०८१
शुक्रबार, जेठ २५ २०८१
  • जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले शपथ लिएका छन् । 

    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार मध्यान्ह्र मुख्यमन्त्री सिंहलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । जनमत पार्टीका सांसद सिंह आजै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । 

    सिंह संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सतिश सत्ता गठबन्धनमा रहेका ६ राजनीतिक दलका ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

    उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल केन्द्र गठबन्धनबाट बाहिरिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवले बुधवार प्रदेशसभामा विश्वासको मत गुमाएर पदमुक्त भएका थिए । 

    यादव पदमुक्त भएसँगै प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आज बिहान १० बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार