मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

नाउपा विवाद

नाउपाको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय, गरे रेशम र रञ्जितासँग छलफल 

नाउपाको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय, गरे रेशम र रञ्जितासँग छलफल 

भेटमा प्रधानमन्त्री प्रचण्डले रेशम र रञ्जितालाई आपसमा मिलेर अघि बढ्न सुझाव दिएको बताइएको छ । 

बागीपाेस्ट संवाददाता
मंगलबार, चैत २० २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद मिलाउनको लागि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका छन् । 

नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षबीच विवाद बढेपछि प्रधानमन्त्री प्रचण्डले आज दुवै पक्षलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर छुट्टाछुट्टै छलफल गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले रेशम र रञ्जितालाई आपसमा मिलेर अघि बढ्न सुझाव दिएको बताइएको छ । 

स्रोतका अनुसार पार्टीको विवादले राम्रो सन्देश नगएको भन्दै यसलाई दुवै जनाले मिलेर समाधान गर्न प्रधानमन्त्रीले सुझाव दिएको बताइएको छ । यता नाउपाकी अध्यक्ष रञ्जिताले भने प्रधानमन्त्रीसँगको भेटमा पार्टीको विवाद बारे कुरा नभएको बताएकी छन् । उनले प्रधानमन्त्रीसँगको भेटमा कैलालीको विकास योजना र टिकापुरलाई स्मार्ट सिटी बनाउने विषयमा छलफल भएको र यस विषयमा प्रधानमन्त्रीले  सहयोग गर्ने आश्वासन दिएको बताइन् । 

नाउपमा संरक्षक रेशम पक्ष र अध्यक्ष श्रेष्ठ पक्षबीचको विवाद भने उत्कर्षमा पुगेको छ । अध्यक्ष रञ्जिता पक्षका केही नेताहरुले रेशम पक्षबाट आफूहरुलाई ज्यान मार्ने धम्की समेत आएको आरोप लगाउँदै आक्रमण समेत भएको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए । 

सोमबार नाउपाको पार्टी कार्यालयमा भएको विवादका कारण केन्द्रीय समितिको बैठक समेत स्थगित भएको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार