शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

मधेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त 

मधेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त 

जनमतका सतिशले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री सिंहले केही बेरमा शपथ लिँदैछन् । 

शुक्रबार, जेठ २५ २०८१
शुक्रबार, जेठ २५ २०८१
  • जनकपुरधाम । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा सतिशसिंह नियुक्त भएका छन् । 

    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीका सतिशकुमारलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । 

    सतिश सत्ता गठबन्धनमा रहेका ६ राजनीतिक दलका ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल केन्द्र गठबन्धनबाट बाहिरिएपछि त्यसको प्रभाव मधेश प्रदेशमा परेको हो । 

    जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवले बुधवार प्रदेशसभामा विश्वासको मत गुमाएर पदमुक्त भएपछि मुख्यमन्त्री भण्डारीले नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेश गर्न शुक्रबार सम्मको समय दिएकी थिइन् । 

    जनमतका सतिशले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री सिंहले केही बेरमा शपथ लिँदैछन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार