काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न तयार हो ? भन्दै प्रश्न गरेका छन् ।
बिहिवार प्रतिनिधिसभा बैठकको विशषे समयमा बौल्दै सांसद शर्माले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले ७० बिघाको कमीसन खाएको भनेर आरोप लगाएको भन्दै त्यसमाथि छानबीन गर्न गृहमन्त्री लामिछानेलाई चुनौती दिएका हुन् ।
शर्माले गृहमन्त्री लामिछानेलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न तयार हो ? भनेर प्रश्न गर्दै गिरिबन्धुको अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न चुनौती दिए ।
उनले भने, “सत्ता गठबन्धनको सबै भन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले ७० बिगा बेचेर कमिसन खाएको भनेर जे आरोप लगाउनु भएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइन खोल्न तयार हुनुहुन्छ ? उहाँ खोल्न होइन, बोल्न पनि सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् भन्न उहाँले सक्नुपर्थ्यो । नम्रतापूर्वक पनि भन्न सक्नुभएन ।”
महामन्त्री शर्माले न्यूरोड सडक पेटी बढाउनु आवश्यक रहेको भन्दै काठमाडौं महानरपालिकाका प्रमुख बालेन्द्र शाहले चालेको कदम ठीक भएको बताए ।
