काठमाडौं। नेपाल भ्रमण आएका बिमस्टेकका महासचिव ईन्द्र मणि पाण्डे र परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।
मंगलबार भएको भेटवार्तामा बिमस्टेकलाई कसरी सशक्त र प्रभावकारि र बलियो बनाई अगाडि लैजाने भन्ने बिषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठले नेपाल र बिमस्टेकको सम्बन्ध लाई अझ प्रगाढ बनाउने कुरामा जोड दिदै प्रतिनिधि सभा बाट बिमस्टेकको बडापत्र समेत पारित गरेकोले माहासचिव पाण्डेले धन्यवाद दिए ।
महासचिव पाण्डेले परराष्ट्रका सचीव सेवा लम्साल संगको सोमबारको भेटवार्तामा क्षेत्रीय साझेदारीलाई अगाडि बढाउने कुरा समेत भएको थियो।
बिमस्टेकको जुन २३ देखि २५ हुने प्रबुद्ध समुहको तयारी चरणको क्रममा महासचिव पाण्डेको नेपाल भ्रमण भएको हो।
नेपाल भारत, भुटान, बंगलादेश, म्यानमार, थाइल्यान्ड र श्रीलंका जस्ता सात सदस्य रास्ट्र रहेको बिमस्टेकको बडापत्रमा पाँचौ शिखर सम्मेलन (२०२२ श्रीलंका ) बाट सबै सदस्य रास्ट्रले बिमस्टेकको बडपत्रमा हस्ताक्षर गरेका थिए।
