शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

सरकारबाट बाहिरियो जसपा नेपाल, उपेन्द्र यादव र दीपक कार्कीले दिए राजीनामा 

सरकारबाट बाहिरियो जसपा नेपाल, उपेन्द्र यादव र दीपक कार्कीले दिए राजीनामा 

यादव र कार्की दुवैले राजीनामा दिएसँगै जसपा नेपाल सरकारबाट बाहिरिएको छ । 

सोमबार, वैशाख ३१ २०८१
सोमबार, वैशाख ३१ २०८१
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएको छ । 

    जसपाको तर्फबाट सरकारमा सहभागी भएका जसपाका अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । 

    यादवसँगै जसपाबाट सरकारमा सहभागी भएका राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन् । यादव र कार्की दुवैले राजीनामा दिएसँगै जसपा नेपाल सरकारबाट बाहिरिएको छ । 

    वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ । अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएसँगै यादवप पक्ष सरकारबाट बाहिरिएको हो । 

    राई पक्षले जसपा नेपाल फुटाएर निर्वाचन आयोगमा जसपा दर्ता गराएका छन् । योसँगै अब राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार