उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजिनामा दिएकी छन् ।
उनले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजिनामा बुझाएकी हुन् ।
बजारमा ग्यास अभाव भएसँगै चौतर्फी आलोचना हुनथालेपछी मन्त्री यादवले हिजो उद्योगीहरुका पाता फर्काउनु पर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि थप विवादमा परेकी थिइन ।
मन्त्रीयादवको कार्यशैलीमाथी प्रश्न उठन थालेपछि उनले आफ्नो असक्षमता लुकाउन उद्योगी र कर्मचारी माथी गम्भीर आरोप लगाएकी थिइन ।
कर्मचारीहरुले आफुले भनेको काम नगर्ने तर उद्योगीले जे भन्यो त्यही अनुसार काम गर्ने गरेको आरोप लगाएकी थिइन ।
उद्योगीहरुले भने मन्त्री यादवले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी नमागे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
