रसुवाको भोटेकोशीमा आएको बाढीमा परि हराएका मध्ये ४६९ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आज बिहान ७ बजेसम्म रसुवामा १२, नुवाकोटमा, ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा १२७ शव फेला परेका छन् ।
प्रहरीका अनुसार हालसम्म १५४५ जनाको उद्दार गरिएको छ । जसमध्ये रसुवाबाट ६४४, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जना घाइतेको उद्दार गरिएको हो ।
बाढीमा परेर हालसम्म अझै २८ जना प्रहरी कर्मचारी सम्पर्क विहिन रहेका छन् ।
