चिनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या ९५ जना पुगेको छ ।
बाढी प्रभावित विभिन्न तटिए क्षेत्रमा हालसम्म ९५ जनाको शव भेटिएको पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए ।
फेला परेका शवहरुको पहिचान खुलाउने र कानूनी प्रक्रिया पूरा गर्ने कार्य भैरहेको उनको भनाई रहेको छ ।
बाढीमा अझै ठूलो संख्यामा नागरिक तथा सुरक्षाकर्मीहरु बेपत्ता रहेकाले अझै खोजी तथा उद्दार कार्य जारी रहेको उनले बताए ।
प्रभावित क्षेत्रमा सबै सुरक्षा निकायका टोलीसहित हेलिकप्टर, ढुङ्गा तथा विशेष वयवस्थापन उपकरणको प्रयोग गरि खोजी तथा उद्दार कार्यलाई तीव्र पारिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
