बिहीबार , भदौ ४ गते २०८३    

बिहीबार , भदौ ४ गते २०८३    

लेखा समिति

आईजीपीलाई खगेन्द्रको चुनौती : मानमर्दन भए मुद्दा हाल्नु, कठघरामा उभिएर जवाफ दिन तयार छु

आईजीपीलाई खगेन्द्रको चुनौती : मानमर्दन भए मुद्दा हाल्नु, कठघरामा उभिएर जवाफ दिन तयार छु

निश्चित बीचौलियाहरुले प्रहरी हेडक्वार्टर नै कब्जा गरेको सांसद सुनारको आरोप

बिहीबार , भदौ ४ २०८३
बिहीबार , भदौ ४ २०८३
  •  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा  हाल्न चुनौती दिएका छन् ।

    लेखा समितिको बैठकमा बोल्दै सुनारले आईजीपी कार्कीमाथी आफूले उठाएको प्रश्नको जवाफ खोज्नुपर्ने बताएका हुन् ।

    " कही कतै साथिहरुलाई मेरो मानमर्दन भयो भन्ने जस्तो लाग्छ भने यहाँ उता पट्टी अदालत छ गएर मुद्दा  हाल्नु," सांसद सुनारले भने ।

    सार्वभौम समितिमा उपस्थित भएर मर्यादित ढंगले विषयको जवाफ दिनुपर्ने भन्दै उनले भने, "कठघरामा उभिएर म जवाफ दिन तयार छु । तर एउटा सार्वभौम समितिमा आएर जुहारी खेल्न पाईदैन । सरकारको मानमर्दन गर्न पाइदैन ।"

    निश्चित बीचौलियाहरुले प्रहरी हेडक्वार्टर नै कब्जा गरेको सांसद सुनारको आरोप छ ।

    "यही बीचमा प्रहरीले करोडौंको डेन्टर आह्वान गरेको छ । निश्चित बिचौलियाहरुले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिक छु, मजबुत छु," सुनारले समितिको बैठकमा भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार