बिहीबार , भदौ ४ गते २०८३    

बिहीबार , भदौ ४ गते २०८३    

राजनीति

प्रधानमन्त्री शाहसँग मन्त्री र मुख्य सचिवले गरे कार्य सम्पादन सम्झौता

प्रधानमन्त्री शाहसँग मन्त्री र मुख्य सचिवले गरे कार्य सम्पादन सम्झौता

बुधबार, भदौ ३ २०८३
बुधबार, भदौ ३ २०८३
  • प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका छन् ।

    मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    सचिवालया अनुसार मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।

    प्रधानमन्त्री शाहसँग आजै नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार