सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

मुलुक लफाङ्गाहरुबाट शासित हुँदै गएको घनश्याम भुसालको दाबी

मुलुक लफाङ्गाहरुबाट शासित हुँदै गएको घनश्याम भुसालको दाबी

आइतबार, साउन ३१ २०८३
आइतबार, साउन ३१ २०८३
  • मुलुक लफाङ्गाहरुबाट शासित हुँदै गएको घनश्याम भुसालको दाबी पूर्वमन्त्री एवम् नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पछिल्लो घटनाक्रमले मुलुक लफाङ्गाहरुबाट शाशीत हुँदै गएको पुष्टि भएको बताएका छन् ।

    आइतबार काठमाडौं आयोजित वामपन्थीहरुले अब के गर्ने ? विषयक राष्ट्रिय विषयमा बोल्दै आफुले पहिले नै मुलुक लफाङ्गाहरुको हातमा जाँदैछ भनेर भनेको यहिले आएर पुष्टि भएको उनको दाबी छ ।

    "मैले फागुन २१ को दिन सबै साथिहरुलाई भेटेपछि निष्कर्ष निकालेको थिए । मुलुक नालायकहरुबाट त शासित छदै थियो अब लफाङ्गाहरुबाट शासित हुने भयो । त्यतिबेला मैले आफू गलत साबित हुन पाउँ पनि भनेको थिए । तर यहाँ साढे ४ महिना जति बित्यो जे देखिरहेको छ । त्यसले समाजमा अझ डरलाग्दो क्षती र थप राजनीतिक दुर्घटनाहरु घट्ने खतरा देखिएको छ," भुसालले भने ।

    गत प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले भोगेको पराजय अनपेक्षित रहेको भन्दै कसरी हारियो भन्ने अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् ।

    कम्युनिस्ट दलहरूले व्यहोरेको पराजय यति अप्रत्याशित र व्याख्या गर्न कठिन रहेको भन्दै उनले वर्तमान सरकार यही गतिमा थप दुई वर्ष अघि बढे मुलुकले गम्भीर संकट भोग्ने चेतावनी भूसालले दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार