शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

संवैधानिक परिषद्

प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस 

प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस 

नेपालको न्यायीक इतिहासिमा वरिष्ठतम् न्यायाधीशको सट्टा रोलक्रमको चौथो तहमा रहेका रहेका न्यायाधीश प्रधानन्यायाधीका लागि सिफारिस भएको यो पहिलो घटना हो

बिहीबार , वैशाख २४ २०८३
बिहीबार , वैशाख २४ २०८३
  • काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम सिफारिस गरेको छ । 

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको परिषद्को बैठकले ३३ औँ प्रधानन्यायाधीशको रुपमा न्यायाधीश शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपालको न्यायीक इतिहासिमा वरिष्ठतम् न्यायाधीशको सट्टा रोलक्रमको चौथो तहमा रहेका रहेका न्यायाधीश प्रधानन्यायाधीका लागि सिफारिस भएको यो पहिलो घटना हो । 

    तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अवकाश पाएपछि सर्वाेच्च अदालत कायममुकायमको भरमा चलिरहेको थियो । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाली रहेकी थिइन् । 

    न्यायापरिषद्को बैठकले यस अघि प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वाेच्च अदालतका ६ जना स्थायी न्यायाधीशको सूची पठाएको थियो । फागुन २६ मा न्यायापरिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशका लागि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज कुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएको थियो । 

    यस अघि संवैधानिक परिषद्ले न्यायपरिषद्को सिफारिस बमोजिम वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीशकामा नियुक्त गर्ने परम्परा रहेको थियो । तर, अहिले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार निर्माण भएसँगै गठन भएको संवैधानिक परिषद्को बैठकले चौथो नम्बरमा नाम सिफारिस भएका शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । 

    संवैधानिक परिषद्ले नाम सिफारिस गरिसकेपछि अब संसदीय सुनुवाई समितिले सुनुवाइ गर्नेछ । समितिले सुनुवाइबाट अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । सुनुवाइका लागि भने केही समय लाग्ने छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार