शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

प्रेम र विवाह

अन्तरजातीय प्रेम र विवाहः डिबी परियार र सन्जु राईले तोडे सामाजिक जञ्जिर

अन्तरजातीय प्रेम र विवाहः डिबी परियार र सन्जु राईले तोडे सामाजिक जञ्जिर

आइतबार, वैशाख १३ २०८३
आइतबार, वैशाख १३ २०८३
  • काठमाडौं । हाम्रो समाजमा अन्तरजातीय प्रेम र विवाहलाई अझै पनि सहज रूपमा लिने गरिएको छैन। प्रेम सम्बन्ध गाँसेकै आधारमा मारिनु परेको घटनाहरू हाम्रा सामु ताजै छन्। अन्तरजातीय विवाह गरेका कयौं जोडी आजपनी विस्थापित बन्नुपरेको छ । यस्तो चुनौतीपूर्ण सामाजिक परिवेशमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यद्धय डिबी परियार र सन्जु राईले आफ्नो एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेर एक उदाहरणीय पाइला चालेका छन् ।

    ​कालिकोटका डिबी परियार र उदयपुरकी सन्जु राईले परिवारको सल्लाह र सहमतिमा अन्तरजातीय विवाह गरेका हुन । परियार दलित हुन भने सन्जु जनजाति हुन । समाजमा दलित भएकै कारण अन्तरजातीय विवाह गरेका व्यक्तिहरूले अझै पनि ज्यान गुमाउनुपरेको भयावह र संवेदनशील अवस्थामा यो जोडीको निर्णयले कतिपय पुराना र जडतालाई तोडेको छ ।

    ​सम्बन्धको आधारः प्रेम, सङ्घर्ष र सहकार्य

    एक वर्षको प्रेम यात्रामा धेरै उतारचढाव आएको उनीहरुले बताए । प्रेमको यो यात्रामा खुसी, हाँसो र माया मात्र होइन, झगडा र आँसुका क्षणहरू पनि उत्तिकै थिए। यद्यपि, यी सबै कठिनाइहरूलाई पार गर्दै एक–अर्काको साथमा अडिग रहनु नै डिबी र सन्जुको सफलताको कडी बनेको छ।

    ​विशेष गरी, विवाहसम्मको यात्रामा आफ्नो भन्दा पनि जीवनसाथीको प्रयास र साथ बढी महत्त्वपूर्ण रहेको डिबी परियारले बताए । समाजको डर र अवरोधहरूलाई पन्छाउँदै परिवारको साथ लिएर विवाह गर्नु उनीहरुका लागि सहज थिएन, तर उनीहरुको अठोटले यसलाई सम्भव बनायो।

    सामाजिक सन्देशः

    अन्तरजातीय विवाहका कारण ज्यान गुमाउनुपरेका कैयौं घटनाहरूको पृष्ठभूमिमा यो विवाहले सामाजिक चेतनाको सन्देश दिएको छ। प्रेमलाई तथाकथित जातभन्दा माथि राख्ने र परिवारलाई विश्वासमा लिएर अघि बढ्ने यो जोडीको कदमलाई धेरैले प्रशंसा गरेका छन्।

    समानता र न्यायको पक्षमा वकालत गर्ने विद्यार्थी सङ्गठनको नेतृत्वमा रहेका यो जोडीको अन्तरजातीय विवाहले जातीय विभेदविरुद्धको लडाइँमा एक सकारात्मक सन्देश प्रवाह गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार