शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने 

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने 

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी २३ गते आइतबार दिउँसो ३ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको

शुक्रबार, वैशाख २१ २०८१
शुक्रबार, वैशाख २१ २०८१
  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । 

    प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी २३ गते आइतबार दिउँसो ३ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । 

    केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत चैत्र २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

    अधिकारीले एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र राजिव गुरुङ ‘दिपक मनाङ्गे) सहित ३१ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसले सभामुखको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएको भन्दै सर्वाेच्च अदालतमा रिट दर्ता गरेको थियो । 

    सर्वाेच्च अदालतले भने कांग्रेसको उक्त रिट खारेज गरिसकेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार