शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपति भएनन् सहभागी

प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपति भएनन् सहभागी

बिहीबार , फागुन २१ २०८२
बिहीबार , फागुन २१ २०८२
  • काठमाडौं । देशभर प्रतिनिधि सभा निर्वाचनको लागि मतदान जारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव सहभागी भएका छैनन् । 

    संविधानको संरक्षकको रुपमा तटस्थता कायम गर्दै उनीहरु मतदानमा सहभागी नभएको बताइएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संविधानको रक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेका हुन् । 

    राष्ट्रपति पौडेलले यस अघिको निर्वाचनमा भने तनहुँ जिल्लाको व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए । 

    उपराष्ट्रपति यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको उनका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । उपराष्ट्रपति यादवले यस अघिको निर्वाचनमा बाराको बासबारियास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार