शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

आगलागी

ललितपुरमा डडेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु 

ललितपुरमा डडेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु 

आनन्द वनमा डडेलो लागेपछि नजिकैको कुष्ठरोग अस्पताल सम्म आउन सक्ने भएकाले त्यहाँका बिरामीलाई अन्यन्त्र सारिएको

मंगलबार, वैशाख १८ २०८१
मंगलबार, वैशाख १८ २०८१
  • काठमाडौं । ललितपुरको गोदावारी नगरपालिका– ४ स्थित आनन्द वनमा लागेको डडेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । 

    आगो निभाउने क्रममा दुई जना घाइते भएको र घाइते मध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय शंकर पहरी रहेका छन् । 

    प्रहरीका अनुसार मंगलबार आगो निभाउने क्रममा घाइते हुनेमा शंकरसँगै अर्का स्थानीय रमेश पहरी रहेका थिए । दुवै जनालाई उपचारको लागि किर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । शंकरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । 

    अर्का घाइते रमेश पहरीको भने सोही अस्पतालमा उपचार भैरहेको छ । आनन्द वनमा डडेलो लागेपछि नजिकैको कुष्ठरोग अस्पताल सम्म आउन सक्ने भएकाले त्यहाँका बिरामीलाई अन्यन्त्र सारिएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार