शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

दुर्घटना

बालुवामा पुरिएको अवस्थामा भेटियो गणपतीको डिलक्स

बालुवामा पुरिएको अवस्थामा भेटियो गणपतीको डिलक्स

जसमध्ये तीन जनाले हाम फालेर ज्यान जोगाएका

मंगलबार, पुस २९ २०८२
मंगलबार, पुस २९ २०८२
  • काठमाडौं । त्रिशुली नदीको किनारामा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स लेखिएको बस भेटिएको छ। 

    तनहुँको आबुखैरेनी– ५ दोन्द्राङबेसी नजिकै त्रिशुली नदीको किनारामा पुरिएको अवस्थामा जसको पाटपुर्जा भेटिएको हो । 

    पाटपुर्जा भेटिएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नम्बर २३ मनकामनागण भानु तनहुँबाट खट्टिएको टोलीले बस फेला पारेको हो। 

    २०८१ साल असोज २८ गते वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट रौतहट गौरका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख १४९५ नम्बरको गणपति डिलक्स बस माथिबाट आएको पहिरोसहित लेदोले बगाउँदा त्रिशुली नदीमा खसेको खसेका थिए । 

    एन्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेका थिए। जसमध्ये तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए । बाँकी ६२ जना यात्रु बेपत्ता रहेका थिए। जसमध्ये १३ जनाको सब निकालिएको थियो भने अन्य हालसम्म पनि बेपत्ता छन् । 

    ganapati-bus-2-1024x500.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार