सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनिताको शपथ गराएका हुन् ।
कर्णालीमा आर्थिक तथा योजना मन्त्रीमा महेन्द्र बहादुर केसी, भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रीमा विनोद कुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गबहादुर रावत र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा नियुक्त भएका छन् ।
त्यस्तै जलस्रोत तथा उर्जा विकास मन्त्रीमा परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमत विक रहेका छन् ।
