शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

जापानी परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउँदै 

जापानी परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउँदै 

परराष्ट्रमन्त्री याको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने तय भएको

आइतबार, वैशाख १६ २०८१
आइतबार, वैशाख १६ २०८१
  • काठमाडौं । जापानकी परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउने भएकी छन् । 

    जापानको परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री याको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने तय भएको छ । 

    परराष्ट्रमन्त्री कामीकावाले यही बैशाख १४ देखि २४ गते सम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    ६ वटा राष्ट्रको भ्रमणमा निस्कनु अघि परराष्ट्रमन्त्री कामीकावाले एक पत्रकार सम्मेलनमा ग्लोबल साउथ र सात राष्ट्रहरुको समूह लगायत समान विचारधारा भएका देशहरुबीच आपसी सम्बन्ध विस्तारमा सेतुको रुपमा काम गर्ने बताएकी छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार