काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद् सक्षम सिफारिस गर्ने निर्णय गरेको छ।
परिषदको सिंहदरबार स्थित कार्यालयमा बसेको बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार सक्षम सिफारिस गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले बताए ।
स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचालन गर्न सरकार सक्षम सिफारिस गर्ने निर्णय भएको उनले बताए ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषद्का सदस्यहरू अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिवसहितको बैठक बसेको थियो।
