काठमाण्डौं। धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या गरिएको छ ।
जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको हो । वडाध्यक्ष यादवमाथि शुक्रबार साँझ ६ बजे अज्ञात समूहले गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
गोली लागेर गम्भीर घाइते भएका वडाध्यक्ष यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यादव गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
